सांसदको ‘लेबी’ : रास्वपाको महँगो, कांग्रेसको सस्तो

काठमाडौं : राजनीतिक दलहरूले जनप्रतिनिधिको पारिश्रमिकबाट लिने निश्चित रकम (लेबी)सबैभन्दा बढी कटाउने दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनेको छ। मंगलबारको गोरखापत्रमा समाचार छ, प्रतिनिधि सभामा पहिलो पटक प्रतिनिधित्व गरेको रास्वपाले आफ्ना सदस्यसँग मासिक २५ हजार रुपैयाँ लेबी लिने गरेको छ, जुन अन्य कतिपय दलहरूको तुलनामा दोब्बरभन्दा बढी छ। सदस्यहरूको लेबी सम्बन्धित दलको खातामा जम्मा हुन्छ। त्यसका लागि सदस्यहरूले संसद् सचिवालयलाई सहमति दिने गरेका छन्। लेबी कट्टाको निर्णय भने सम्बन्ध