नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
विप्लव नेतृत्वको पार्टीले सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरेको हो ।
सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी अनुमोदन गरिए त्यसविरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए ।
उनले अब संसदीय चुनाव नभई जनमत संग्रह गर्ने बताए । सभालाई विप्लव लगायत नेताहरूले सम्बोधन गर्दैछन् ।