सर्वाेच्च अदालतको सेवा स्थगन माघ २८ गतेसम्म निरन्तर

सर्वाेच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिएको छ । सर्वाेच्चको माघ १८ गतेको पूर्ण बैठकबाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय भएको सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत जानकारी दिए । यसअघि सर्वाेच्चको माघ ४ गतेको पूर्ण बैठकले सेवा स्थगनको निर्णय गरेको थियो । सर्वाेच्च अदालतको सूचना बमोजिम विशेष अदालतले समेत माघ २८ गतेसम्म सेवा संकुचनको निर्णय गरेको छ ।