जनप्रतिनिधिहरूलाई सम्पत्ति विवरण सार्वजनिक गर्न एकीकृत समाजवादीको विशेष सर्कुलर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधिहरूलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टी महासचिव डा. बेदुराम भुसालले बुधबार निार्वचन विशेष सर्कुलर–७ जारी गर्दै निर्वाचित जनप्रतिनिधिलाई बधाईसहित जनताले विश्वास गरेर दिएको मत र गरेको विश्वासप्रति सधैँ इमानदार रहन निर्देशन समेत दिएका छन् । ‘हाम्रो पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधि कमरेडहरूले आगामी