गोरखा–२ : सय वर्षे उम्मेदवारसँग आशीर्वाद लिन घरमै पुग्नुभयाे ‘कान्छा उम्मेदवार’ अब्दुस मियाँ

गोरखा – गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस (वीपी) पार्टीका उम्मेदवार टीकादत्त पोखरेलले आज सोमवार सयौँ जन्मदिन मनाउनुभयो । परिवारका सदस्यसहित छरछिमेक र आफन्तको चाँजोपाँजोमा पोखरेलको पुर्ख्याैली घर सिरानचोक गाउँपालिका ४ छोप्राकको माझगाउँबेसीमा जन्मोत्सव कार्यक्रम गरिएको हो । घरआँगनमा बिहानैदेखि छरछिमेक र आफन्तको आउजाउ चलिरहेको थियो, पाहुनाका लागि खानपानको प्रबन्ध पनि मिलाइएको थियो ।  विसं १९८० कात्तिक १४ गते जन्मिनुभएका पोखरेल आफूलाई घरमै भेट्न पुगेका पाहुनाको स्वागतसँगै शुभकामना सन्देशसहित मोबाइलमा...

सम्बन्धित सामग्री

१३ हजार मतान्तरसहित प्रचण्ड विजयी, अब्दुस मियाँ तेस्रो

गोरखा : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट विजयी भएका छन्। विहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रचण्ड २६ हजार १ सय  ३ मत पाएर विजयी भएका छन्।  प्रचण्डले १३ हजार ४ सय ७७ मतान्तरसहित जित निकालेका हुन्। गोरखा २ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय २६ र नेकपा एमालेका अब्दुस मियाँले ७ हजार ३ सय १२ मत प्राप्त गरेका छन्।

गोरखा- २ मा प्रचण्ड ३४ सय मतले अगाडि, अब्दुस मियाँ तेस्राेमा

गोरखा – गोरखा क्षेत्र नम्बर २ ‍मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलाे मतान्तरका साथ अग्रता कायमै गरेका छन्। प्रचण्डले ४ हजार ८३२ मत पाउँदा ९१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १ हजार ४२४ मत प्राप्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड कवीन्द्रभन्दा ३४ सय ८ मतले अगाडि छन्। यता, नेकपा […]