नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम

शरीर स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास हुन विभिन्न भिटामिन तथा पोषणको आवश्यकता पर्दछ । भिटामिनको मुख्य स्रोत भनेकै खाना हो । नियमित स्वस्थ, ताजा र सन्तुलित खाना खाए शरीरलाई आवश्यक भिटामिन त्यहीबाट प्राप्त हुन्छ । तर कतिपय यस्ता अवस्था छन् जहाँ खानाबाट प्राप्त भिटामिन अल्पताको जोखिम हुन्छ । यी भिटामिन अल्पताको जोखिम हुने […]

सम्बन्धित सामग्री

कपाल झर्नबाट रोक्न...

कपाल झर्नबाट रोक्नका लागि सबैभन्दा पहिले तपाईंको जीवनशैली व्यवस्थित हुनुपर्छ । भिटामिन, मिनरल्न र प्रोटिनको मात्रा मिलेको सन्तुलित भोजन लिनुस् । फलफूल, हरियो सागसब्जी, गेडागुडी, बदामलगायतमा प्रचुर मात्रामा पोषक तत्व हुन्छ । यस्तो...

स्वस्थ शरीरका लागि सन्तुलित भोजन

स्वस्थ रहन सन्तुलित भोजन आवश्यक हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण, भिटामिन र मिनरल्सहरूको सन्तुलन मिलाएर सेवन गर्दा शरीरका अंगहरूले राम्ररी काम गर्छन् । जसकारण, शरीरको ऊर्जा बढेर जान्छ, तौल नियन्त्रणमा...

अमलाको आर्थिक लाभ

मानिसलाई स्वस्थ राख्ने प्रमुख आधार नै खाना हो । गुणस्तरीय जीवनका लागि तागत वा शक्ति दिने खानेकुराले महत्त्व राख्छ । गहुँ, मकै, कोदो, तीतेफापर, जुनेलो, जौ, सखरखण्ड, तरुल, पिँडालु, गिट्ठा, आलु, चिउरा, साथै विभिन्न फलफूलको आवश्यकता पर्छ । शरीरको तामक्रम र सन्तुलन बनाई राख्न, मांसपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मृगौला, मुटु, फोक्सो, मष्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्या निराकरण गर्न सन्तुलित भोजन नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनका लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर बी, रगत राम्रो बनाउने तत्त्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्छ । हाम्रो जीवनमा शरीर स्वस्थ राख्नलाई खाद्यपछि फलफूलको आवश्यकता पर्छ । त्यस्ता फलपूmलमध्ये अमला एक हो । तिनै तहको सरकारले अमलाको व्यावसायिक रूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीमा जाने युवा शक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सृजना गरी देशको आर्थिक विकासमा चलायमान गर्न सक्ने सम्भावना छ । अमलाको वानस्पतिक परिवार ‘इयुुफोरवियसी’ अंग्रेजी नाम गुसवेरी, वैज्ञानिक नाम फाइलेन्स इम्बलिका र स्थानीय नाम अमला हो । यसको बोट १० देखि १५ मीटर अग्लो हुने पतझर रूख प्रजाति हो । हिउँदको समयमा सबै पातमा भुइँमा खसेर सुकेको जस्तै देखिए पनि वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष पातहरू निस्किएर पुनः हराभरा भई ३ देखि ४ वर्षको उमेरदेखि अमला फल्ने गर्छ । अमला सामान्यतया जेठदेखि साउनसम्म फुल्छ । भदौदेखि मङ्सिरसम्म फलिसक्छ । माघसम्म टिप्नलायक हुन्छ । दक्षिण पूर्वएशियामा उद्गमस्थल भएको अमला नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा दक्षिण चीन आदि देशहरूमा समेत फैलिएको पाइन्छ । करीब ६५० प्रजाति भएको फाइलेन्थस जिनसका नेपालमा ११ प्रजाति भेटिन्छन् । अमलामा भाले तथा पोथी दुई प्रकारका फूलहरू फुल्ने गर्छ । भाले तथा पोथी दुवै फूलहरू एउटै बोटमा पाइन्छन् । अमला प्राकृतिक अवस्थामा नेपाको पूर्वदेखि पश्चिमसम्म १५० देखि १४०० मीटर सम्मको उचाइमा पाइन्छ । नेपालमा यो पूर्वभन्दा पश्चिम क्षेत्रमा बढी पाइन्छ । विगत केही वर्षदेखि किसानहरूले विभिन्न किसिमको खाली, पर्ती जग्गा र घरआँगन तथा बगैंचामा समेत यसको खेती गरेको पाइन्छ । अमलाको उपयोग धेरै छ । अमलाको जरा, बोक्रा, फल र फूलहरू विभिन्न रूपमा विभिन्न कामका लागि प्रयोग हुने गर्छ । व्यापारिक प्रयोजनमा फल नै सबैभन्दा बढी प्रयोग हुने गर्छ । अमलाको फलबाट भिटामिन सी प्राप्त हुने हुँदा यो त्रिफला र च्यवनप्राशलगायत विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । अमलाबाट भिटामिन ए पनि प्राप्त हुने कुरा पत्ता लागेको छ । यसको फलबाट आयुर्वेदिक औषधिबाहेक अचार, तितौरा तथा जाम बनाइन्छ । हाल अमलाको आधुनिक प्रयोग स्वास्थ्यवर्धक/यौनवर्धक तथा सौन्दर्यप्रदायक सामग्री, जस्तै : च्यवनप्राश, कपालमा लगाउने तेल, कपाल रंगाउने रङ, सेम्फु, दन्तमञ्जन, मसी र रङलगायत विभिन्न विभिन्न सौन्दर्य प्रदायक क्रिमहरू बनाउने गरिन्छ । अन्य रासायनिक तत्त्वमा माथि भनेजस्तै भिटामिन सी प्रमुख स्रोतका रूपमा रहेको हुन्छ । यसमा हुने रासायनिक तत्त्वमा ट्यानिन, पोलिफेनोल, अल्कोलाइड, पाइलानेम ग्लिमनिन, फाइलानेम बलिसिन ए आदि पाइन्छ । यो बहुउपयोगी अमृतसमान बोट तथा फल हो । यो प्रतिकूल वातावरणमा समेत हुर्कन सक्ने प्रतिरोधी बिरुवा हो । यो सुक्खा तथा उच्च क्षारीय माटो भएको क्षेत्रमा राम्रो हुन्छ । अमला प्राचीन समयमा जंगल तथा खेतबारी वरिपरि पाइने तथा त्यहाँबाट संकलन गरी स्थानीय प्रयोग र व्यापारिक प्रयोग हुने क्षेत्रमा खपत तथा विक्री हुने गथ्र्याे । हाल आएर यसको प्रयोगको क्षेत्र विस्तार भई विभिन्न क्षेत्रमा यसको माग अत्यधिक बढेपछि नेपालका कृषकहरू खेतीविस्तारतिर अग्रसर भएको देखिन्छ । अव्यवस्थित तथा अवैज्ञानिक संकलनका कारण यो प्रजाति क्रमशः घट्दै गइराख्नुका साथै औद्योगिक प्रयोगमा यसको माग बढ्दै गएको कारणले पनि यसको खेती विस्तारतर्फ सम्बद्ध सबैको ध्यान बढिरहेको पाइन्छ । यसको खेती उपयुक्त हावापानी भएका सामुदायिक वन, राष्ट्रिय वन, कबुलियती वन, निजी जग्गा आदिका साथै काम नलाग्ने खाली पर्ती जग्गाहरूमा बढाउनु पर्ने देखिन्छ । यसको बिरुवा बीउ र कलमीबाट उत्पादन गर्न सकिन्छ । मलखादमा राम्ररी पाकेको गाईबस्तुको मल नाइट्रोजन, फस्फोरस, पोटास, बिरुवाको संख्या हेरी जानकार व्यक्तिको निगरानीमा प्रयोग गर्नु राम्रो हुन्छ । यो फल उन्नत जातको बिरुवा रोपी मल तथा उचित स्याहार भएमा ३ देखि ५ वर्षमा फल दिन शुरू गर्छ । १० वर्ष पुगेको बिरुवाले सरदर ५० देखि ६० किलोग्रामसम्म फल उत्पादन गर्छ । यसरी लगाइएका अमलाका बोटहरूबाट प्रतिहेक्टर २ हजार किलोग्रामसम्म फल उत्पादन हुने गर्छ । अमलाको स्थानीय प्रयोगजस्तै काँचै खाने, तितौरा, अचार, जाम बनाउने, शक्तिवर्धक टनिक औषधि बनाउने आदि पनि गरिन्छ । अतः अमला अमृतमय बहुउपयोगी फल तथा बिरुवा हो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक वनाबटको आधारमा अमला खेती हाम्रो देशमा सम्भावना धेरै छ । अमला खेतीको सम्भावनालाई योजनाबद्ध तरीकाबाट तिनै तहको सरकारले व्यावसायिक रूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीका लागि पलायन हुने युवा शक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सृजना गरी देशको आर्थिक विकासमा चलायमान गर्न सक्ने सम्भावना छ । लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।