हेटौंडा अस्पताललाई उपमहानगरले दिने भयो दैनिक १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पताललाई दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिदिने भएको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अक्सिजनको अभावमा उपचार गर्न समस्या भएपछि उपमहानगरले दैनिक १०० सिलिण्डर अक्सिजनको व्यवस्था गर्ने अभियान नै सञ्चालन गरेको हो। उपमहानगरको उपमेयर मीना लामाले उपमहानगरले बैठकबाट निर्णय नै गर्दै अस्पताललाई अक्सिजन संकलन र व्यवस्थापनको लागि सहयोग गर्न लागेको बताइन्।मकवानपुरमा कोरोना संक्रमण र यसबाट मृत्

सम्बन्धित सामग्री

अक्सिजन सिलिण्डर र भेण्टिलेटर सहयोग

अक्सिजन सिलिण्डर १० लि.का पाँचसय थान, ४६ लि.का एकसय थान, १० थान भेण्टिलेटर, एक हजार थान माक्स र अक्सिजन सिलिण्डर तथा भेण्टिलेटरका स्पेयर पार्ट्सहरु रहेका छन्।...

त्रिशूली अस्पताललाई १ हजार २०० सिलिण्डर अक्सिजन सहयोग

काठमाडौं। हाम्रो अक्सिजन उद्योगले नुवाकोटको त्रिशूली अस्पतालका लागि १ हजार २०० अक्सिजन सिलिण्डर प्रदान गरेको छ। अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारमा अक्सिजन अभाव भएपछि उद्योगले सिलिण्डर दिएका हो। दैनिक ७०० देखि ७५० सिलिण्डर अक्सिजन उत्पादन गर्दै आएको ककनीस्थित उक्त उद्योगले जनायो। सिलिण्डर दैनिक १०÷१० का दरले पठाइने जनाइएको छ।

दुई दिनमा चीनबाट ल्याइयो ९७५ थान अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले आइतबार र सोमबार गरी चीनबाट ९७५ थान अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ। आइतबार ४०० र सोमबार ५७५ अक्सिजन सिलिण्डर र १५७ अक्सिजन कन्सन्ट्रेटर चीनबाट ल्याइएको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए। चीनबाट थप दुई उडानमार्फत अक्सिजन सिलिण्डर र अन्य स्वास्थ्य सामग्री पनि ल्याउने योजना रहेको उनले जनाए।

टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

टीकापुर। कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ। कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भइ भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले बताए।रासस

कोरोना अस्पताललाई अक्सिजन सिलिण्डर

धादिङ। ह्वासिन सिमेन्ट उद्योग र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले धादिङ अस्पताललाई अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन्। महासंघले धादिङ अस्पतालको अस्थायी कोभिड अस्पताललाई ४७ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो। फिर्ता गर्ने गरी अक्सिजन भरिएको सिलिण्डर उपलब्ध गराइएको महासचिव पुरुषोत्तम रेग्मीले बताए।अक्सिजन नियमित लगाउनुपर्ने बिरामी बढेको अवस्थामा यसले सहयोग पुर्‍याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर […]

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं।नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ।नेपालमा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो। विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो।विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर सैनिक अस्पताल र अक्सिजन उद्योगलाई सहयोग गरेको हो।

ललितपुरका चार अस्पताललाई अक्सिजन सिलिण्डर

२३ वैशाख, काठमाडौं । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ललितपुरले चार वटा अस्पताललाई बिहीबार अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । विभिन्न प्रतिष्ठान तथा कवाडी पसलहरुबाट संकलित अक्सिजन सिलिण्डर कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका ४ वटा अस्पताललाई वितरण गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान […]