गोलभेँडाको भाउ बढ्यो, किसानलाई राहत

काठमाण्डाै - गोलभेँडाको भाउ बढेसँगै किसानलाई राहत भएको छ । गएको असार ३ गते किलोको ५ रुपैयाँ पनि भाउ नपाएको भन्दै किसानले काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका थिए । अहिले भने किसानले किलोको ६५ देखि ७५ रुपैयाँमा गोलभेँडा बेचिरहेका धादिङका अगुवा किसान श्यामचन्द्र आचार्यले बताउनुभयो । उहाँका अनुसार किसानले अहिले खेतबारीमै किलोको ६५ देखि ७५ रुपैयाँसम्म पाएका छन् । गोलभेँडा उत्पादनको सिजन नहुँदा बजारमा अहिले भाउ बढेको छ । साउन पहिले हप्तादेखि नै गोलभ...