डडेल्धुरामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने बढी

जिल्लामा कोरोना सङ्क्रमितको निको हुने सङ्ख्या बढ्दै गइरहेको छ ।  पछिल्लो समय सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । दोस्रो चरणको कूल सङ्क्रमित एक हजार १८३ मध्ये एक हजार पाँचजना निको भएको कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले  जानकारी दिए ।जिल्लाभरीमा होम आइसोलेशन र संस्थागत आइसोलेशनमा  गरी १७८ जना सक्रिय  सङ्क्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा एकजना मात्रै  सङ्क्रमित पुष्टि भएको उनले बताए । सङ्क