काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रीन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन शुरू गरेको छ ।
१००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरीकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजै प्रयोग गर्न सकिने बताइएको छ ।
रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रबन्धक विकास सिंघानियाले नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले सो स्कुटरको टायर उत्पादनमा कम्पनीले विशेष ध्यान केन्द्रित गरेको बताए । हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरिरहेको बताइएको छ । कम्पनीमा १२० जना कामदार कार्यरत छन् ।
भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा नेपाली टायर प्रयोग हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने तथा अहिले बिव्रmीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।