६ मंसिर, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले सो धारणा माग गरेको हो […]