रुकुम पूर्वमा माओवादी केन्द्रका पूर्ण घर्ती विजयी

रुकुम – रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएका माओवादी केन्द्रका पूर्ण घर्ती मगर विजयी हुनुभएको छ । उहाँ १२ हजार २६२ मतसहित विजयी हुनुभएको हो ।  उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्ले ५ हजार २११ मत ल्याउनु भएको छ । स्वतन्त्र तर्फबाट उम्मेदवार हुनुभएका चन्द्रराज झाँक्रीले ८ सय ९६, राप्रपाका खिमबहादुर खत्रीले ५ सय ८६, मङ्गोल नेशनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ४ सय ६४ र नेशनलिष्ट पिपल्स पार्टीका बलबहादुर बुढाले ३०३ मत प्राप्त गर्नुभएको छ ...