लाभांश विदेश लग्दै आए पनि नवीकरणको १९ अर्ब नवीकरण शुल्क तिर्न एनसेलको आलटाल

एनसेलको २० वर्ष पूरा हुन लागेकाले थप ५ वर्षका लागि नवीकरण गर्नुपर्ने म्याद अब एक साता मात्र बाँकी छ । राष्ट्रिय स्रोत (स्पेक्ट्रम) प्रयोग गरेको दूरसञ्चार कम्पनीमा ५० प्रतिशतभन्दा बढी विदेशी सेयर भएमा २५ वर्षपछि स्वतः सरकारी हुने कानुनी व्यवस्था छ ।