नागरिक उन्मुक्तिको आन्दोलनले रोकियो पूर्वराजाको धनगढी भ्रमण

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढी आउने कार्यक्रम स्थगित गरेका छन्। पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। पूर्व राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे शुक्रबार पत्रकार सम्मेलन नै गरेर जानकारी गराइएको छ।यसअघि जेठ ६ गते धनगढी रङ्गशालाम