‘हामीलाई कसैको भर्याङ चढेरै जानुपर्ने आवश्यकता छैन’

नेकपा एमालेसँग विद्रोह गरेर बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष हुन् प्रमेश हमाल । एमाले दक्षिणपन्थी भासमा भासिएकैलै कम्युनिस्ट विचार, सिद्धान्त र आचरणयुक्त पार्टी बनाउने अठोट यो पार्टीका नेताहरूले गर्दै आएका छन् ।हमाल अहिले जनवादी क्रान्ति सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवाद उन्मुख कार्यदिशा लिएर अघि बढिरहेको बताउँछन् । अहिलेको अन्तर्विरोध भनेको दलाल नोकरशाही पुँजीवादविरुद्धको संघर्ष भएको उनको भनाइ छ ।यस्तोमा मार्क्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्