काठमाडौंमा थुप्रिएको सबै फोहोर उठाउन अझै १५ दिन लाग्ने
शनिबार २६३ कन्टेनर फोहोर बन्चरेडाँडा पुर्याइयो, पूर्वाधार नबनेसम्म रातिमा फोहोर नफालिने
बन्चरेडाँडाका स्थानीय र सरोकारवाला निकायबीच सहमतिलगत्तै शुक्रबारदेखि उपत्यकाको फोहोर उठाउन सुरु भए पनि थुप्रिएको सबै फोहोर सफा गर्न अझै १५...
संघीय राजधानी काठमाडौंका घर, सडक, चोक र गल्लीमा फोहोरको डंगुर लागेको छ । यसअघिजस्तो विवाद भएर होइन, नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोरको पहाडमाथि गाडी गुड्न नसकेकाले उपत्यकाका दुई महानगरसहित नगरपालिकाहरूले फोहोर उठाउन छाडेका हुन् । फोहोरको डंगुरमाथि बाटो बनाउन अझै १५ दिन लाग्ने नगरपालिकाहरूले बताएका छन् ।