दैलेखको सदरमुकाम हो, नारायण नगरपालिका। नारायण नगरपालिकाको आँगनमै पर्छ बादी नमुना बस्ती । यस बस्ती भएर पालिका उप प्रमुख, प्रमुखदेखि सांसद, मन्त्रीसम्म आउजाउ गर्छन् । नमुना बस्तीको छोएरै जिल्लाका विभिन्न ठाउँहरू पुग्छन् । तर, नमुना बस्तीको समस्या समाधानमा कसैले चासो देखाएनन् । जब चुनाब आउन थाल्छ, तब मात्र नेताहरू नमुना बस्तीमा पुग्छन् र समस्या समाधान गर्ने आश्वासन दिन्छन् । चुनावी एजेण्डा बनाउँछन्, चुनाव जित्छन् । उनीहरू फर्किएर आउँदैनन् र समस्या ज्यूँकात्यूँ रहेका हुन्छ । वर्षौँदेखि यही पीड