काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न आम निर्वाचनको मतगणना सकिइसकेको छ । निर्वाचनमा कतिपय निर्वाचन क्षेत्रका उम्मेदवारको चर्चा व्यापक भए । उनीहरूको प्रचारप्रसार शैलीदेखि व्यक्तित्व र बौद्धिकता मिडियादेखि आम सर्वसाधारणसम्म चर्चाको विषय बन्थ्यो । तर तिनै उम्मेदवारहरूले यो निर्वाचनमा विजय हासिल गर्न सकेनन् ।काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले विजय हासिल गर्न सकेनन् । उनले ४ हजार ११५ मत ल्याएर तेस्रो स्थान हासिल गरे । यस्तै सोही क्षेत्रबाट पूर्वडीआईजी समेत रहेका नेपा