सवारीसाधनको भाडादर घट्यो

मुगु, (नेस) । जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको जिप भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको भाडा बढी भएको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले जिप र बस भाडादर निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गमगढीदेखि ताल्चसम्मको जिपको भाडादर ३ सय रुपियाँ निर्धारण गरिएको बताउनुभयो । […]

सम्बन्धित सामग्री

सार्वजनिक यातायातको भाडादर घट्यो (सूचीसहित)

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य घटाइएसँगै सार्वजनिक यातायातको भाडादर पनि घटाइएको छ । आज (आइतबार) यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने यात्रीवाहक र मालवाहक सवारीसाधनको भाडादर घटाएको हो । यात्रीवाहक सवारीमा ५.४१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९७ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.६८ प्रतिशतले भाडा घटाइएको यातायात व्यवस्था विभागले जनाएको छ । […]