भारतले नेपालका विभिन्न १५ जिल्लाका बाढी र पहिरो प्रभावित परिवारहरुका लागि राहत सामग्री सहयोग स्वरुप ८ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित भारतीय राजदूतावासकी उप–प्रमुख नामग्या खम्पाले भारत सरकारको तर्फबाट ८ करोड रुपैयाँ बराबरको राहत सामाग्री नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष तथा सांसद चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।