काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले राष्ट्रिय दैनिक नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनलाई कारबाही गर्न माग गर्दै नेपाल प्रेस काउन्सिलमा उजुरी दिएका छन्। उक्त सञ्चारमाध्यमहरुले महानगरपालिकाका विषयमा तथ्यहीन, भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरेको साहको आरोप छ। केही दिनअघि महानगरपालिकाले बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ एउटा फेसबुक पेजलाई फाइदा पुग्नेगरी छुट्याएको समाचार समाचारपत्र र हिमालय […]