पर्वत : पोखरामा सञ्चालन भएको वन रक्षक पदको परीक्षा अन्तर्गत शारीरिक तन्दुरुस्ती परीक्षामा दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।लोक सेवा आयोगको नं.१४५–१५३÷०७९÷०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा, जनरल फरेस्ट्री समूह, सहायक तेस्रो तह, वन रक्षक पदको शारीरिक तन्दुरुस्ती (शारीरिक परीक्षण, दौड, रुख चढ्ने र पौडी) परीक्षामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–९ वयलकाटीया बस्ने वर्ष १८ वर्षीय एक जना बालक र जुम्लाकै सिञ्जा गाउँपालिक