काठमाडौं । नेकपा (एमाले)का पूर्वउपमहासचिव घनश्याम भुसालले केपी शर्मा ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनःस्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँले बताउनुभयो । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार […]