काठमाण्डाै – हिजो शनिवार मात्रै नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर–१ बाट प्रतितिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँले सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।
एमालेले टिकट नदिएपछि उहाँले पार्टी छाडेको घोषणा गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि पत्रकारसँग कुरा गर्दै नेता भुसालले संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने बताउनुभयो ।