डडेल्धुरा : डडेल्धुरामा पानी नपर्दा यहाँका किसानहरूलाई धान रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको हो।नदीमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा सिँचाइ गर्दा घन्टौं समय लाग्ने समस्या किसानहरूले झेल्नु परेको छ।डडेल्धुराका केही ठाउँमा किसानहरूले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन्। तर, असारको महिना लाग्दा पनि पर्याप्त पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।असारको महिना सुरु भइसक