चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने नौ कलाकार सम्मानित

काठमाडौँ । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ । रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले यहाँ आज आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान गरिन् । […]