काठमाडौँ, साउन ५ गते । आज साउन महिनाको पहिलो सोमबार । हिन्दूहरुले आजको दिनलाई विशेष रुपमा लिने गर्छन् । साउन महिनाको प्रत्येक सोमबारको दिन हिन्दु महिलाहरुले भगवान शिवको व्रत बस्ने गर्छन् । प्रत्येक वर्ष साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिर परिसरमा भक्तजनको घुइँचो लाग्ने गर्थ्यो तर यसपटक कोरोना महामारीका बीच मन्दिरमा त्यति भीडभाड देखिएन । आज विहानैदेखि महामारीकै बीच पनि भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेका छन्। पशुपति मन्दिर भित्र दशर्नका लागि खुला नगरिए पनि भक्तजनले बाहिरबाटै दर्शन गरेका छन् ।
गत चैत ११ गतेदेखि सर्वसाधारणाका लागि पशुपति मन्दिर प्रवेश बन्द गरिएको छ। कोरोना महामारिकाबीच मन्दिर भित्र गरिने नित्य पूजा चाहिँ जारी छ।