नागरिकले थोपा–थोपा गरेर जम्मा गरेको अर्थको सही सदुपयोग हुनुपर्छ - राष्ट्रपति

काठमाण्डाै – नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेकाेप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ । महालेखापरीक्षको कार्यालय भवनको आज बिहीवार उद्घाटन गर्दै उहाँले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । चाणक्यको अर्थशास्त्रमा लेखिएको ‘अथ अर्थानुशासनम्’ पदावलीको सापटी लिँदै राष्ट्रपति भण्डारीले आर्थिक अनुशासन पालना गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सङ्घीय सरकार, प्रदेश सरकार र पालिकाकाे उत्तिकै...