जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद चर्किएका बेला अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बिहीवार बस्दैछ ।
बिहीवार बिहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकबाट महत्त्वपूर्ण निर्णय हुने जनाइएको छ ।
अर्का अध्यक्ष महन्थ ठाकुरले भने बिहीवार बोलाइएको बैठक अवैधानिक र अनाधिकृत रहेको आरोप लगाएका छन् । बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ठाकुरले बैठकमा सहभागी नहुने आग्रह गरेका छन् ।
यसअघि यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर लगायतलाई कारवाही गरेको थियो । तर निर्वाचन आयोगले कार...