कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ ।सरकारले विद्यालय बन्द गरेर १२ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीलाई खोप लगाउने तयारी गरेको छ । तर, विद्यालय बन्द गरेरभन्दा पनि सञ्चालन गरेरै खोप अभियानलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने विद्यालय संगठनको तर्क छ ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापको