काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।
आज वेस्टह्याम र आर्सनल तथा नटिङ्घम फरेस्ट र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ । आर्सनल र वेस्टह्याम बेलुका पौने ७ बजे तथा नटिङ्घम फरेस्ट र युनाइटेडको खेल राति सवा ९ बजे हुनेछ ।
अङ्कतालिकामा आर्सनल ३० खेलमा ७३ अङ्कका साथ शीर्ष स्थानमा छ । वेस्टह्याम २९ खेलमा ३० अङ्ककासाथ पन्ध्रौँ स्थानमा छ ।
त्यस्तै, युनाइटेड २९ खेलमा ५६ अङ्ककासाथ चौथो र नटिङ्घम फरेस्ट ३० खेलमा २७ अङ्ककासाथ १८औँ स्थानमा रहेको छ ।