काठमाडौं : महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गिरोह बनाएर उपत्यकाभित्र चोरी गर्ने एउटा समूहलाई नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा प्रहरीले दुई भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा रामेछाप घर भएका ओमराज श्रेष्ठ, भारतको मोतिहारी घर भएका पारस प्रसाद र सन्तोष पोदार रहेको परिसरका डिएसपी होविन्द्र बोगटीले