विज्ञ टोलीले गर्याे सिसडोलको अध्ययन, ३ दिनभित्रै स्वच्छताकाे काम सुरु हुने

काठमाडाैं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिसडाेलको वातावरण अध्ययन गरेको छ।काठमाडौंको फोहोर फ्याँकिदै आएको सिसडोल क्षेत्रमा फोहोरबाट उत्पादित लिच्चड मिसिएर भएको प्रदूषण कम गर्न विज्ञ टोली खटिएको हो।अध्ययन टोलीमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञटिम रहेको छ।पानीमा लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा ९२० मिटर पर गरी ३ फरकफरक बिन्दुबाट पानीको नमूना संकलन गर