अनेक दुःख जिलो गरी जम्मा गरेको निक्षेप रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू धमाधम सम्पर्कविहीन भइदिएपछि अहिले नुवाकोटकी राधा पाठकलाई आइतबार घटस्थापनाको दिनदेखि सुरु भएको यसपालिको दसैं कसरी मनाउने भन्ने चिन्ता बढेको छ । ४ कात्तिकको फूलपातीसम्म दसैंलाई आवश्यक दसैं खर्च जोहो गरिसक्नुपर्ने बेलामा अहिलेसम्म धेरैपटक सहकारीमा धाउँदा पनि आफूले खाइनखाइ जम्मा गरेको निक्षेप रकम नदिएपछि […]
The post उनीहरूका लागि ‘खल्लो’ दसैं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
उमेरले ६८ वर्ष पुगे तेह्रथुम, छथर गाउँपालिका–६, सुदापका नृर्पेन्द्र शंखर । उनी दिनभर आरनमा नै भेटिन्छन् । दसैं नजिकिँदै गर्दा उनी अझ बिहान सबेरैदेखि बेलुकी साँझसम्म आफ्नै आरनमा काम गरिरहेका हुन्छन् । दसैं खर्च जुटाउन उनी आफ्नै आरनमा १२ घण्टा काम गरिरहेका छन् । कृषि औजारका सामग्री बनाउन व्यस्त छन् । उनी र उनका छोराहरू […]
बाँके जिल्लाका एकजना समाजसेवी अनाथ बालबालिकाहरूलाई दसैँ खर्च बोकेर गुल्मी आइपुगेका छन् । बाँकेको खर्जुरा गाउँपालिका–४ का लीलबहादुर थापाले गुल्मीका अनाथ बालबालिकाहरूको दसैँ खर्च बोकेर आएका हुन् । तम्घासको स्काउट भवनमा अस्थाई छात्रावासको व्यवस्थापन गरी संरक्षण दिइएका अनाथ बालबालिकालाई थापाले ५५ हजार रुपैयाँ दसैँ खर्च उपलब्ध गराएका छन् ।महेन्द्र नमूना माविको स्काउट भवनमा केही दिनअघि ती बालबालिकालाई ब्यवस्थापन गरिएको थियो । उक्त दसैं खर्च विद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी अर्याललाई एक कार
काठमाडौं बनस्थलीका रामशरण बजगाईंलाई ‘दसैं खर्च कसरी पु-याउने ?’ भन्ने चिन्ता छ । २८ वर्षदेखि बालाजु औद्योगिक क्षेत्रभित्रको ह्युम पाइप कारखानामा श्रमरत बजगाईंलाई चामल, आँटा मैदा, गेंडागुडी मरमसला र मासुको भाउ अचाक्ली बढेपछि ‘दसैं खर्च कसरी पु¥याउने ?’ भन्ने चिन्ताले सताएको हो । हरेक दिन बिहान साढे ९ देखि साँझ ५ बजेसम्म मजदुरी काम गर्दा […]
The post महंगो दसैं : खर्च धान्नै धौ धौ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
नेपाल–भारत सीमा नाका जमुनाह हुँदै भारततर्फ जानेको अहिले ताँती लागेको छ । कोही एक्लै त कोही समूहमा झोला–गुन्टा बोकेर भारततिर लागेका भेटिन्छन् । रोपाइँका लागि घर फर्केकाहरू दसैं खर्च जुटाउन भारत जान लागेका हुन् । असारे रोपाइँ सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली भारततर्फ जाँदै गरेको दृश्य जमुनाह नाकामा दैनिक देखिन्छ ।
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाका आरन व्यवसायी दसैं खर्च जुटाउन दिनभर आरनमा काम गर्न थालेका छन् । परम्परागत रुपमै आरन व्यवसाय गर्दै आएका उहाँहरु कृषि औजारका सामग्री बनाउन व्यस्त हुनुहुन्छ । अन्य समय भन्दा चाडपर्वको समयमा कृषि औजार बिक्री हुने भएकाले उहाँहरुले दिनभर आरनको काम गर्नु भएकाे हाे । यहाँका आरन व्यवसायीले कृषि सामग्री बिक्री […]
दाङ - दाङको तुलसीपुरमा गएकाे ८ वर्षदेखि अरुको शरणमा बसिरहेका रुकुमका एक दृष्टिविहीन परिवारलाई उद्याेगी व्यवसायीहरुले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।
रुकुम सानोभेरि गाउँपालिका ३ की रुपा गन्धर्वका परिवारलाई तुलसीपुरका उद्याेगी व्यवसायीहरुले दसैं खर्च कटाएर घरमै पुगी बीस हज...
दसैं नजिकिँदैछ । मोहरीयाकी ५८ वर्षीय मीरा बोगटीको धपेडी पनि उत्तिकै बढेको छ । गिट्टी कुटेर थला परेका श्रीमानलाई पालनपोषण गर्नु त उनको दैनिकी हो । यति बेला दसंैले छोपेसँगै चाडबाडका लागि भन्दा अलि बढी गिट्टी कुट्न थालेको उनले बताइन् ।