कोरोना अर्थात् कोभिड–१९ को विस्तारसँगै विश्वभर लकडाउन नै संक्रमण फैलिन नदिने अचुक उपायका रूपमा समग्र विश्वले स्वीकार गरेसँगै नेपालले पनि २०७६ साल चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू ग-यो, जुन आजपर्यन्त कायम छ । कोरोना नियन्त्रणको पहिलो प्रयासका रूपमा सरकारले सबैभन्दा पहिले स्कुलहरू बन्द गर्ने निर्णय ग-यो । जब लाखौँ विद्यार्थी सम्मिलित हुने एसईईसमेत चैत ५ गते बेलुकी अबेर गरी रद्द गर्ने कठोर निर्णय बाहिर आयो, कोरोना कहरको विषमता शैक्षिक क्षेत्रले समेत नजिक बाट बुझ्यो ।