नेकपा मालेका नेता गोकुल बास्कोटाले किसानहरु मल नपाएर सास्ती बेहोरेको अवस्थामा सरकार मोबाइल सेटमा अल्झिएको भन्दै असन्तुष्टि जनाएका छन् । मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको निर्देशनलाई संकेत गर्दै बास्कोटाले सरकारको काम कारबाहीप्रति प्रश्न उठाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् - 'किसानले मलमा सास्ती ब्यहोरेको दुई वर्ष भैसक्यो। तर नयाँ सरकारको पछ्यौरी मोबाइल सेटमा अल्झे जस्तो छ। एमडीएमएस प्