मधेश सरकारले अध्यादेश ल्याएर प्रहरी भर्ना गर्ने

जनकपुरधाम : मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री  भरतप्रसाद साहले वैशाख ३० गतेसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएका छन्।बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने जानकारी गराए।मन्त्री साहले पत्रकार सम्मेलनमा बोल्दै मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको बताए।'३०