हेटौंडा : बागमती प्रदेशका प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले मन्त्रालय विभाजन र आफ्नो सार्वजनिक अभिव्यक्तिबारे मुख्यमन्त्री राजेन्द्र पाण्डेले चित्तबुझ्दो जवाफ नदिए प्रदेशसभाका कारवाही अघि बढ्न नदिने भएका छन्। प्रदेशसभा बैठकअघि बसेका प्रतिपक्षी दलहरूको बैठकमा यस विषयमा छलफल भएको हो । बैठकले मनलाग्दी टुक्राएर मन्त्रालयको संख्या १४ बनाउने विषयमा मुख्यमन्त्री पाण्डेले जवाफ दिनुपर्ने निश्कर्ष निकालेको छ।साथै आफ्नो पार्टी कमिटी गठन भएका स्थानमा मात्रै बजेट विनियोजन गर्ने सार्वजनिक अभ