सुन्दा अचम्म लाग्न सक्छ । तास खरिदमा मात्र नेपालले एक वर्षमा साढे २८ करोड रुपैयाँ माथि खर्चिन्छ भन्दा । तर यो कुरा सत्य हो । गत आर्थिक वर्ष २०७७/७८ को १२ महिनामा मात्र नेपालले विभिन्न मुलुकहरूबाट गरी साढे २८ करोड रुपैयाँ माथिको (प्ले कार्ड) खेल्ने तास खरिद गरेको छ ।भन्सार विभागका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न मुलुकहरूबाट गरी नेपालले कुल २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ३९ लाख ६९ हजार १३५ गोटा तास खरिद गरेको छ । जसबाट सरकारलाई समेत आर्थिक वर्षमा कुल १५ करोड ४८ लाख ५