दाङ : लुम्बिनी प्रदेशमा बिहीवार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरूका लागि दुई छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले बताए।राष्ट्रियसभा निर्वाचनअन्तर्गत २ सिटका लागि प्रदेशमा ८७ जना प्रदेशसभा सदस्य र २१८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३०५ जना मतदाता रहेका छन्।अन्यतर्फ एकजना र म