काठमाडौं : पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण काठमाडौं उपत्यकासहित देशभर बदली भएको छ । बुधबार बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको छ। जलवायु विज्ञ धर्मराज उप्रेतीका अनुसार पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टिसाइक्लोनको अवस्थाले देशभर नै बादल लागेको छ।सुदूरपश्चिका पहाड र तराई, कोशी प्रदेशमा हल्का पातलो बादल लागेको छ । देशको अन्य भाग कर्णालीदेखि वागमती प्रदेश र मधेस प्रदेशसम्म बादल बाक्लो देखिएको छ ।केही भागमा पछिल्लो २४