गएको कात्तिक १ गते देखि ३ गते सम्म आएको बाढी र पहिरोका कारण अबरुद्ध बनेको सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि बर्षा संगै आएको बाढी र पहिरोका कारण छेद बिच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर यातायात सुचारु भएका छन् ।