पोली नेटवर्कले ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने क्रिप्टोकरेन्सी चोर्ने एक ह्याकरलाई रकम फिर्ता गरे पुरस्कार दिने घोषणा गरेको छ।अज्ञात ह्याकरले पैसा फिर्ता पठाउने प्रतिबद्धता गरेपछि पाँच लाख अमेरिकी डलर पुरस्कार र दण्डबाट उन्मुक्तिको प्रस्ताव गरिएको नेटवर्कले जनाएको हो।यो घटना गएको मंगलबार सार्वजनिक भएको हो। नेटवर्कले सार्वजनिक रुपमा गरेको उक्त प्रस्ताव विवादास्पद बनेको बिबिसीले जनाएको छ।अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआइका अनुसार फौजदारी अभियोगसम्बन्धी विषयमा उन्मुक्ति दिने वाचा गर्न