उदयपुर : ताप्ली गाँउपालिका–१ ओख्लेका सुन्तला किसान इन्द्रबहादुर शाही यस पटक दंग छन्। आफूले उत्पादन गरेको सुन्तला ‘ग्रेडिङ’ र ‘प्याकिङ’ गरी पहिलो पटक बजार पठाउँदा शाही दंग परेका हुन्। ‘किसानले उत्पादन गरेको फलफूल पनि ब्राण्ड बन्दो रहेछ,’ उनले भने, ‘अब ग्रेडिङसहित लेबलिङ गरेको...