सलमानसँग स्क्रिन सेयर गरेकी यी नायिका, बिरामी भएपछि परिवारले पनि छाडेको थियो साथ

सन् १९९५ मा सलमान खान र अतुल अग्निहोत्रीसँग फिल्म ‘वीरगती’ मा देखिएकी अभिनेत्री पूजा डडवालले आफ्नो जीवनमा निकै उतारचढाव भोगेकी छन् । बिरामी भएपछि उनका श्रीमान र परिवारका सदस्यले पनि उनलाई एक्लै छोडेका थिए । उचित उपचार नहुँदा उनको अवस्था यति बिग्रियो कि उनको तौल २३ किलो मा पुगेको थियो ।सन् २०१८ मा मुम्बईको शिवडी अस्पतालको जनरल वार्डमा उपचार गरिरहेकी पूजाको भिडियो भाइरल भएको थियो । त्यसपछि सलमानको बिइङ ह्युमन फाउन्डेसनले १० महिनासम्म पूजाको उपचारको जिम्मा लियो । निको भएपछि पुजा डिस्चार