वीरगंज : पर्सास्थित वीरगंज–रक्सौल नाका सौन्दर्यकरण गर्ने अभियानले तीव्रता पाएको छ। वीरगंजमा रहेको संघसंस्थाको सक्रियता र वीरगंज महानगरको सहयोगमा मितेरी पुलदेखि रजतजयन्ती चोकसम्म शनिवार वृहत सरसफाईपछि सडकका खाल्डा पुर्न थालिएको छ।
सरसफाईपछि दैनिक पानी छर्किने काम पनि भइरहेको स्वयंसेवी समूहका संयोजक राजन श्रीवास्तवले बताए। करिब २८ सप्ताहदेखि नाका सरसफाई गर्दै…