मिथिला क्षेत्रमा आज चौरचन पर्वको रौनक

जनकपुरधाम : जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा शुक्रबार चौठचन्द्र पर्व मनाइँदै छ। यो पर्व भदौको शुक्लपक्ष चौथी तिथिमा मनाइन्छ। मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।चौठचन्द्रमा व्रत बस्ने चलन छ। यसका माध्यमबाट मैथिल कला संस्कृतिसमेत उजागर हुन्छ। खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाइ, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न