रोनाल्डो साउदी क्लबसँग अनुबन्ध, फुटबल इतिहासकै सबैभन्दा बढी तलब पाउने

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । उनको करार सन् २०२५ सम्म रहनेछ ।विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७.७ करोड पाउन्डभन्दा रहनेछ ।३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल

सम्बन्धित सामग्री

इन्स्टाग्राममा एकै पोस्टबाट ३६ करोडभन्दा बढी कमाउँछन् रोनाल्डो, अरुको कमाइ कति ?

काठमाडौं । विश्वभर धेरै चलाइने सामाजिक सञ्जाल (Social Media) मा इन्स्टाग्राम (Instagram) चौथो धेरै चलाइनेमा पर्छ । सन् २०१० देखि शुरू भएको इन्स्टाग्रामको २०२३ सम्ममा दुई अर्ब प्रयोगकर्ता (User) छन् ।  इन्स्टाग्राम शुरूआती दिनमा साधारण फोटो सेयरिङ्ग एपको रूपमा प्रयोगमा आएको थियो । तर, अहिले यो सामान्य फोटो हाल्ने सञ्जाल मात्र नभएर धेरैजनाको कमाउने थलो पनि बनेको छ ।  इन्स्टाग्रामबाट चर्चित फुटबल खेलाडीदेखि, गायिका, लेखकसम्मले पोस्ट लाखौं अमेरिकी डलर कमाउँदै आएका छन् । तीमध्ये सबैभन्दा बढी कमाउनेमा पर्छन् पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो Cristiano Ronaldo (@cristiano) ।  उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा कुनै व्यावसायिक कम्पनीका उत्पादन वा विज्ञापन शैलीका प्रमोसनल पोस्ट गर्दा एक पोष्टकै २८ लाख अमेरिकी डलर (३६ कराेड रुपैयाँभन्दा बढी)सम्म शुल्क लिने गरेका छन् । उनको इन्स्टाग्राम अकाउन्टमा ५७१ मिलियन फलोअर्स छन् ।   इन्स्टाग्राममा सर्वाधिक फलोअर्स भएका र कमाइ गर्नेहरूको यहाँ चर्चा गरिएको छ ।  इन्स्टाग्राम Instagram (@instagram) इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएको एकाउन्ट इन्स्टाग्रामको आफ्नै छ । इन्स्टाग्रामको ६२८ मिलियन फलोअर्स छ । र, यसको ७००० भन्दा बढी पोस्ट छन् ।  लियोनल मेसी Lionel Messi (@leomessi) अर्जेटिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीको इन्स्टाग्राम अकाउन्टमा ४५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।  सेलिना गोमेज Selena Gomez (@selenagomez) चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ४०८ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेबापत १६ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  अरियाना ग्रान्डे Ariana Grande (@arianagrande) चर्चित अमेरिकी गायिका अरियाना ग्रान्डेको इन्स्टाग्राम अकाउन्टमा ३६४ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको ६ लाख १९ हजारदेखि १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  किम कार्दशियन Kim Kardashian (@kimkardashian) मिडिया व्यक्तित्व तथा व्यवसायी किम कार्दशियनको इन्स्टाग्राम अकाउन्टमा ३५१ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १४ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  बियोन्से नोल्स Beyoncé Knowles (@beyonce) चर्चित अमेरिकी गायिका बियोन्से नोल्सको इन्स्टाग्राम अकाउन्टमा ३०३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेको १० लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  काइली जेन्रर Kylie Jenner (@kyliejenner) चर्चित अमेरिकी मिडिया व्यक्तित्व तथा व्यावसायी काइली जेन्ररको इन्स्टाग्राम अकाउन्टमा ३८६ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १८ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् ।  ड्वेन जोनसन Dwayne “The Rock” Johnson (@therock) चर्चित अमेरिकी कलाकार ड्वेन जोनसन ‘द रक’को इन्स्टाग्राम अकाउन्टमा ३७३ मिलियन फलोअर्स छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको १७ लाख अमेरिकी डलरसम्म शुल्क लिने गरेका छन् ।  क्लोइ कार्डेसियन Khloe Kardashian (@khloekardashian) चर्चित अमेरिकी मिडिया व्यक्तित्व क्लोइ कार्डेसियनको इन्स्टाग्राम अकाउन्टमा ३०२ मिलियन फलोअर्स  छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक पोस्ट गरेको दुई लाख ५० हजार अमेरिकी डलरसम्म शुल्क लिने गरेकी छन् । एजेन्सीकाे सहयाेगमा

साउदीमा यसरी गरियो क्रिस्टियानो रोनाल्डोलाई स्वागत

काठमाडौं। पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदीमा भब्य स्वागत गरिएको छ। उनी केही दिन अघि मात्रै कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका थिए। सन् २०२५ सम्मका लागि अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्। रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।

क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा वार्षिक बीस करोड डलरमा अनुबन्धित

विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने गरी उनले शुक्रबार सम्झौता गरेका हुन् । युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् …

इतिहासमै महंगो पारिश्रमिक, साउदी क्लबमा रोनाल्डो अनुबन्धित

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्नबाट चुकेका फुटबल ‘स्टार’ क्रिस्टियानो रोनाल्डोले अर्को किर्तिमानी राख्न सफल भएका छन्।  विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका...

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत: साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् । युरोपका क्लबबाट अनुबन्धनका लागि राम्रो प्रस्ताव नआएपछि रोनाल्डो अल नासर पुगेका हुन् । रोनाल्डोले अनुबन्ध भएसँगै फुटबल इतिहासकै सबैभन्दा ठूलो आर्थिक सम्झौता गरेका छन् । उनले तलब र विज्ञापनको पाटोसहित वार्षिक २ सय मिलियन युरोभन्दा बढी रकम बुझ्ने आँकलन गरिएको […]

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

रोनाल्डो किन्ने युभेन्टसको प्रस्ताव रियलले मान्ला त ?

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका लागि सिरी ए च्याम्पियन युभेन्टसले गरेको एक सय मिलियन युरोको प्रस्तावलाई रियल मड्रिडले विचार गरिरहेको बीबीसीले जनाएको छ । ३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डो रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले रियलका लागि चार सय ५१ गोल गरेका छन् ।  तर बढ्दो उमेर र घट्दो स्टा...