काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्धको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी दमन भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । बुधबार भएको प्रदर्शनमा अनेरास्ववियुका नेता नरेश रोकायासहित दजर्नौ विद्यार्थी नेता–कार्यकर्ता घाइते भएको भन्दै प्रहरी दमनविरुद्ध झन् सशक्त आन्दोलन गर्ने अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुका अध्यक्ष ऐन महरले विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक पद्दतिमाथि नै प्रहार […]