बाघको आक्रमणबाट एकको मृत्यु

चितवन : बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र दिउँसो करिब १२ बजेर ५० मिनेटमा बाघले आक्रमण गरेको थियो।बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ।

सम्बन्धित सामग्री

बाघको आक्रमणबाट एकको मृत्यु

पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१३ स्थित सामुदायिक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षीया फूलकुमारी बोटेको शव भेटिएको हो । उनलाई आज दिउँसो २ बजे बाघले आक्रमण गरेको थियो ।बाघको आक्रमण गरेपछि सो क्षेत्रमा हात्ती प्रयोग गरेर उनको खोजी गरिएको थियो । हात्तीसहितको टोलीद्वारा बोटेको खोजीपछि साँझ वन क्षेत्रमा उनको शव फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।